मकवानपुरगढीमा उत्पादित रैथानेबाली उपजहरु महोत्सबमा करिब ८० हजारको कारोबार

तामसालिङ खबर
२४ माघ २०७९, मंगलवार ०९:२३

माघ, हेटौडा – मकवानपुर गढीमा उत्पादित रैथानेबाली उपजहरुको करिब ८० हजारको कारोबार भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडाको टिसियन चौरमा भएको १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा मकवानपुरगढीमा उत्पादन भएको रैथानेबाली कृषि उपज प्रदर्शनी तथा बिक्री स्टलबाट विभिन्न बाली तथा वस्तुहरू गरि ८० हजार भन्दा बढीकाे काराेबार भएकाे अपाङ तथा विपन्न कृषि सहकारी संस्थाका सचिव कृषण बहादुर घलानले जानकारी दिनुभयाे ।

गत माघ ११ देखि २३ गते सम्म संचालन भएको राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा कृषि ज्ञान केन्द्र चितवनको सहयोग र मकवानपुरगढी गाउँपालिका, कृषि विकास शाखाको संयोजनमा मकवानपुरगढीमा उत्पादन भएको विभिन्न रैथानेबाली तथा वस्तुको स्टल राखिएको थियो ।

मकवानपुरगढीमा उत्पादित विभिन्न वडाबाट संकलन गरिएका बाली तथा वस्तुहरू संकलन तथा प्रशोधन गरिएका उपजहरू कालिखोला कोदोको पिठो, मिठेरतिते फापरको पिठो, स्थानीय मकैको पिठो, खलेको कोदो, कोदोको नमकिन, फापरको बिस्कुट, मस्याङ, सिमी, भटमास, धानकोदो, जुनेलो, लटटे, अदुवा, बेसार, पिडाँलु, अमला, डोको लगायतका वस्तुहरू बिक्रीमा राखिएको थियो ।

स्थानीय एवम रैथानेबालीको संरक्षण, सम्वर्द्वन र प्रवर्द्वन गर्न र यसको महत्ववारे प्रचार प्रसार साथै स्थानीय उत्पादनको बजारीकरण गर्ने उदेश्यले महोत्सवमा स्टल राखिएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*