हेटौंडामा शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने

तामसालिङ खबर
१८ माघ २०७९, बुधबार १८:२१

माघ, हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ कार्यालयको आयोजनामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को आयोजनामा यही माघ २० गते बिहान देखि बेलुका सम्म हेटौंडाको रोयल पार्टी प्यालेसमा कार्यक्रम हुन लागेको हो ।

वडा कार्यालयले आज पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराएको हो । यो कार्यक्रमको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले वताउनुभयो । शिक्षालाई अब प्रतिस्पर्धातमक बनाउने गरी गुणस्तर सुधारको काममा लागिएको उहाँले वताउनुभयो ।

पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्यक्रम गर्ने र बाहिर २६ वटा स्टल राखेर कार्यक्रम गरिने वडा अध्यक्ष सिग्देलले वताउनुभयो । वडा नम्बर–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक श्रीराम दाहालले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*