पार्टीको मुल्य मान्यतालाई कुर्सी सँग साट्ने छैन – उर्जा राज्यमन्त्री सिंह

तामसालिङ खबर
१८ माघ २०७९, बुधबार ०७:२१

माघ, हेटौडा – उर्जा, जलश्रोत तथा सिंचाइ राज्यमन्त्री दिपकबहादुर सिंहले पार्टीको मुल्य मान्यतालाई कुर्सीसँग नसाट्ने बताउनुभएको छ ।

पदभार ग्रहण पछि पहिलो पटक मकवानपुर आउनुभएका सिंहले आफुले चुनाबको बेला मकवानपुरे जनता सामु गरेको बाचा पुरा गरेर छाड्ने बताउनुभयो ।

राप्रपा मकवानपुरले प्रतिनिधि सभा तथा प्रदेश सभामा पार्टीको तर्फबाट गएका मन्त्रीहरुलाई हेटौडामा आयोजना गरेको स्वागत बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सिंहले मकवानपुर जिल्लाको बिकासमा सदैब निस्पक्ष भुमिका खेल्ने बताउनुभयो । मकवापुरलाई अध्यारो मुक्त जिल्ला बनाउने पनि उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभएको छ।

मकवानपुर आउनुभएका सिंहले राप्रपा थाहा नगरकमिटिको आयोजनामा गरिएको बधाई तथा शुभकामना कार्यक्रममा पनि सहभागिता जनाउनुभएको थियो । मन्त्री सिंहले पालुङ बिधुत बितरण केन्द्रको पनि अवलोकन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*