मउवा संघद्धारा हेटौडामा दीप प्रज्वलन

तामसालिङ खबर
१६ माघ २०७९, सोमबार ०७:०८

माघ, हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघले आइतबार साझ हेटौंडामा दीप प्रज्वलन गरेको छ । आर्थिक मन्दी र बैंकको चर्को व्याजदरका कारण आत्मदाह गरेका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको चीरशान्तिको कामना गर्दै संघले साँझ दीप प्रज्वलन गरेको हो ।

संघका अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वमा दीप प्रज्वलन र मौन धारण गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले देशमा देखिएको आर्थिक मन्दीले उद्योगी व्यवसायी चिन्तित बनेको अवस्थामा बैंकको चर्को व्याजदर, असहज कर्जा प्रवाह नीति, विक्रीमा आएको सिथिलता, उपभोक्ताको खुम्चदो आर्थिक अवस्थाले उद्योगी व्यवसायीहरु मर्माहत भएको बताउनुभयो ।

उहाँले यस परिस्थितीमा एक युवा व्यवसायी जुन आत्मदाह गर्नुभयो उहाँप्रति संघको गहिरो समवेदना प्रकट गर्दै आगामी दिनहरुमा व्यवसायीहरुको मनोवल वृद्धि गरि यस्ता अप्रिय घटना हुन नदिन राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समस्याको समाधान गर्न जोडदार माग रहेको बताउनु भयो ।

सरकारले व्यवसायमैत्री नीति, नियम निर्माण गरि व्यवसाय तथा बैंकिङ समस्याहरुको तत्काल समाधान गरिनुपर्ने संघको माग रहेको अध्यक्ष गुप्ताले बताउनुभयो । दीप प्रज्वलन कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*