साढे ३ करोड लगानीमा चरिकोटमा ‘होटल दृश्य’ सञ्चालनमा

तामसालिङ खबर
१५ माघ २०७९, आईतवार १५:०९

माघ, दोलखा – दोलखाको सदरमुकाम चरिकोट चरिघ्याङमा ‘होटल दृश्य’ सञ्चालनमा आएको छ। व्यवसायी बाबुराजा श्रेष्ठले ३ करोड ५० लाख लगानीमा यो होटल सञ्चालनमा ल्याएका हुन् ।

दोलखा घुम्न पुग्ने आन्तरिक र विदेशी पर्यटकका लागि ‘होटल दृश्य’ फोटो र भिडियोका लागि मुख्य भ्यू प्वोइन्ट बन्ने उनले बताए। होटल दृश्यमा ११ वटा कोठा छन् । यसमध्य तीन वटा अफिसका लागि र बाँकी ८ वटा पाहुनाका लागि छुट्याइएको छ । सबै कोठाहरु डिलक्स रहेका छन् । एटेच बाथरुम सहित विद्युतिय प्रविधिमा टु वे प्रणाली जडान छ ।

होटलमा छुटै मिटिङ हल पनि छ । जहाँ बर्थ डे सेलिव्रेसन, अन्य भेटघाट तथा कार्यक्रम गर्न सकिने शाहीले बताए । होटलको विद्युतीय लाइटमा मिट, लाइट र वाम प्रविधि जडान गरिएको छ । होटलमा दुई पांग्रे र चार पांग्रे सवारीसाधनका लागि पार्किङ व्यवस्था रहेको छ ।

विशेषगरी नेपाली अर्गानिक थकाली खाना पाइन्छ । साथमा कन्टिनेन्टल, चाइनिज र इन्डियन खाना पाइन्छ । साथै तामाकोशीको माछा यहाँको विशेष परिकारमध्येमा पर्छ ।

होटल दृश्यको अर्को विशेषता भनेको थ्री फेज लाइन जडान गरिएको छ । विद्युतिय सवारी साधनका लागि रिचार्ज गर्न मिल्ने प्रविधि पनि रहेको छ।

चरिकोटमा उच्च स्तरीय सुविधासहित होटल सञ्चालनमा ल्याउने शाही पहिलो पटक हस्पिटालिटीमा जोडिएका हुन् । ३२ वर्षीय शाही यसअघि अन्य व्यवसायमा आवद्ध थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*