ई सेवाको ७ घण्टे अफर

तामसालिङ खबर
१० माघ २०७९, मंगलवार १७:३०

माघ, काठमाण्डौ – इ सेवाले आफ्नो १४ औं वर्ष पूरा भएको अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । इ–सेवाले मंगलबार एक कार्यक्रम गरी उक्त जानकारी गराएको हो । अफर ७ घण्टा सम्मको हुनेछ । ७ घण्टामा ७ वटा फरक-फरक अफर हुने इ-सेवाले जनाएको छ । उक्त अफर बिहान ९ बजेबाट ४ बजेसम्म चल्नेछ ।

पहिलो अफर : इ-सेवाको अफरमा ९ बजेदेखि १० बजेसम्म अकाउण्ट लिंकको अफर रहेको छ । उक्त अफरमा पहिलो चोटी इसेवाको अकाउण्ट लिंक गर्नेलाई १४० रुपैयाँ जित्न सक्नेछन् । यो अफर सबै ग्राहकलाई उपलब्ध हुने छ ।

दोस्रो अफर : १०–११ बजेसम्म डाइमण्ड अफर रहेको छ । उक्त अफरमा पार्टिसिपेट हुन रिवार्ड पोइन्ट भन्ने सेक्सनमा गएर रिवार्ड गर्नुपर्नेछ । यसका साथै, त्यो १ घण्टामा इ–सेवामा गएर १०० रुपैयाँको ट्रान्जेक्सन गरिएमा ७ जना ग्राहकले लक्की ड्र मार्फत डाइमण्ड अफर जित्न सक्नेछन् ।

तेस्रो अफर : ११–१२ बजेसम्म चल्नेछ । उक्त समयमा २०० रिवार्ड पोइन्टबाट ग्राहकले आफैं मुभी टिकेट पाउने छन् । मुभी टिकट कुन समयको लागि हुन्छ भन्ने कुरा ग्राहकले अफरमा सहभागी भएपछि थाहा पाउने छन् ।

चौथो अफर : १२–१ बजेसम्म रहेको छ । उक्त अफर होटलको अफर हुने छ । उक्त अफरमा सहभागी हुन ग्राहकले रिवार्ड पोइन्टमा गएर १०० रुपैयाँको ट्रान्जेक्सन गर्नुपर्छ । त्यसमा ९ जना भाग्यशाली जोडीलाई होटल फ्रि स्टे अफर उपलब्ध हुनेछ ।

पाँचौं अफर : अन्तर्गत भौचर मेलाको अफर रहेको छ । उक्त अफर १ –२ बजेसम्म चल्नेछ । उक्त अफरमा रिवार्ड पोइन्टमा विभिन्न भौचरहरु रहने छन् । ग्राहकहरुले त्यहाँ गएर भौंचर रिडिङ गर्नुपर्ने हुन्छ । के कस्तो र कति रिडिङ गर्ने भन्ने कुरा पहिले रिवार्ड पोइन्ट मै गएर थाहा पाउने छन् ।

छैठौं अफर : यो अफर २ बजेदेखि ३ बजेसम्मको हुनेछ । उक्त अफर क्यास व्याक आवरको हुनेछ । त्यसमा मेजर आइएसपीटी, इ–सेवा क्यास व्याक, इसेवा सर्भिसेस, इ–सेवा टप–अप तथा एअर लाइन्स टप–अपहरुमा ग्राहकले १४ प्रतिशत अथवा १४० रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यसको लागि ग्राहकले भक्भधब ज्ञद्ध भन्ने प्रोमोकोड प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यस्तै ३ बजेदेखि ४ बजेसम्म रहने छ । उक्त समयमा मेरो सेयरका अफर हुनेछ । अफर अन्तर्गत ग्राहकले मेरो सेयरमा पेमेन्ट गरेमा सबै ग्राहकले एक वर्षको रि–न्यु अल इसेवाले निःशुल्क उपलब्ध गर्नेछ ।

योजनामा सहभागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्नेछ भने एकाउन्ट भेरिफाइ भएको हुनुपर्नेछ । इ–सेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको दावी गरेको छ । इसेवाबाट इस्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न  सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*