हेटौडा डान्सिङ स्टारमा ३० जना छनाैट

तामसालिङ खबर
१० माघ २०७९, मंगलवार ०८:१६

माघ, हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा यहि माघ ११ बाट शुरु हुने १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटाैंडा डान्सिङ स्टारका लागि ३० जना छनाैट गरिएकाे छ । आइतबार र साेमबार भएकाे अडिसनबाट ३० जना छनाैट गरिएकाे हाे ।

डान्सिङ स्टार संयोजक नीलम पाण्डेका अनुसार पहिलाे अडिसनमा ९१ जनाले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । सो मध्येबाट ३० जनालाई छनौट गरिएको हाे । प्रतियोगिताको निर्णायकमा छमछमीको चौथो सिजनकी विजेता सन्ध्या आचार्य र नृत्य निर्देशक सुजन श्रेष्ठ रहेका थिए । महोत्सव हेटौडा स्थित टिसिएन चौरमा २३ गते सम्म सञ्चालन हुने छ ।

माघ १२ गते देखि डन्सिङ स्टारको महोत्सब स्थलमा सुरु हुनेछ । प्रतियाेगितामा उत्कृष्ट ५ जनालाई नगद सहित पुरस्कारकाे व्यवस्था रहेकाे डान्सिङ स्टार कार्यक्रम सदस्य भृगु कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*