बाख्रापालक महासंघ मकवानपुरको साधारण सभा

तामसालिङ खबर
६ माघ २०७९, शुक्रबार २०:४३

माघ, हेटौंडा – नेपाल व्यवसायिक बाख्रापालक महासंघ मकवानपुरको सातौं बार्षिक साधारण सभा शुक्रवार हेटौंडामा भएको छ । व्यवसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मनिर्भर हाम्रो अभियान भन्ने मुल नाराका साथ साधारण सभा गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा मकवानपुरका निमित्त कार्यालय प्रमुख ब्रज किशोर ठाकुरको प्रमुख आतिथ्यता तथा नेपाल व्यवसायिक बाख्रापालक महासंघ मकवानपुरका अध्यक्ष झंकनाथ सुवेदी (विवेक) को सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

साधारणसभामा अध्यक्ष सुवेदीले बार्षिक प्रतिवेदन तथा सचिव बद्री प्रसाद अधिकारीले प्रगति प्रतिवेदन र भावि कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका बस्तुगत उपाध्यक्ष राजु अधिकारी, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, कृषि विकास बैक कान्तिराजपथ शाखा प्रबन्धक धु्रव प्रसाद पौडेल लगायतकाले शुभकामना दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*