दर्जनौ कलाकारको स्वरमा तामाङ जागरण ल्होछार गीत ‘तोर बोइ उईसे’ सार्बजनिक (भिडियो)

तामसालिङ खबर
५ माघ २०७९, बिहीबार १९:३६

माघ, हेटौडा – सोनाम ल्होछार लक्षित नयाँ ल्होछार गीत बिहिबार सार्बजनिक भएको छ । गायक तथा संगीतकार अशोक तामाङ लगायत दर्जनौ कलकारहरुको स्वरमा बनेको ‘तोर बोइ उईसे’ बोलको तामाङ जागरण ल्होछार गीत सार्बजनिक भएको हो ।

तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनाम ल्होछार नजिकिदै गर्दा ल्होछार सम्बन्धि गीतहरु सार्बजनिक भईरहदा पृथक शैलीमा दर्जनौ तामाङ गायक गायिकाको स्वरमा तामाङ जागरण ल्होछार गीत ल्याउन सफल भएको गायक अशोक तामाङले बताउनु भयो ।

उक्त गीतमा गायक तामाङ संगै गायक रिजन थिङ, गायिका सुमिना लो, सिर्जना स्याङ्तान, सानुबाबु घिसिङ, धनराज लामा, अर्पण थिङ्ग हिरा लामा भोम्जन, सुनिता थिङ, प्रमिला दोङ तामाङ लगायतको स्वर रहेको छ । टिमको सबै साथीहरुको एकदम दु:ख मिहेनतले यो जागरण ल्होछार गीत ल्याउन सफल भएका छौ । अब दर्शक स्रोताहरुको प्रतिक्रियाको पर्खाईमा छौ । गायक तामाङले भन्नु भयो।

धनराज लामा र रिजन थिङले लेखिएको उक्त गीतमा रिजन थिङले नै संगीत भरेका हुन् भने गीतको अडियोलाई सगुन मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

हेर्नुहोस् जागरण ल्होछार गीत –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*