खैरहनी महोत्सबमा मकवानपुरको थाहानगरलाई चिनाउन फोटो प्रदर्शनी हुने

तामसालिङ खबर
३ माघ २०७९, मंगलवार १९:०१

माघ, हेटौडा (थाहा नगर) – चितवनको खैरहनी महोत्सबमा मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र थाहा नगरलाई चिनाउन फोटो प्रदर्शनीमा हुने भएको छ । नेपाल उधोग बाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उधोग बाणिज्य संघको आयोजनामा चितवनको खैरहनी स्थित लदरी खोला किनारमा माघ ४ देखि १५ गते सम्म चल्ने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा थाहाको फोटो प्रदर्शनीका लागि राखिने भएको हो ।

थाहाका फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरपालीका भित्रका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू समेटिएका ६० वटा फोटो उक्त महोत्सवमा प्रदर्शनीका लागि राखिने छन् ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न तथा थाहाको समष्टिगत परिचय दिने उद्देश्यले यो महोत्सवमा फोटो प्रदर्शनी गर्न लागिएको थाहा नगरका मेयर बिष्णु बहादुर बिष्टले बताउनु भयो । यस अघि काठमाडौमा थाहा नगरको आयोजनामा तथा फरक सोचको समन्वयमा गत कार्तिक १९,२० र २१ गते गरिएको प्रदर्शनीमा करिब १३ हजारले अवलोकन गरेको र त्यस प्रदर्शनीले थुप्रै आन्तरिक पर्यटकलाई थाहा सम्म आउने वातावरण बनाएकोले चितवनमा पनि फोटो प्रदर्शनी गर्न लागिएको नगर प्रमुख विष्टले बताउनुभयो ।

यस पटकको प्रदर्शनी थाहा नगरपालिकाको आयोजना तथा फरक सोचको समन्वय रहने छ भने कार्यक्रमको ब्यवस्थापन थाहा नगर उधोग बाणिज्य संघको गर्नेछ । १० दिनसम्म चल्ने महोत्सवमा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको कार्यक्रमका संयोजक तथा थाहा नगर उधोग बाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिनुभयो । चितवनमा हुने महोत्सवमा ६० थान फोटोहरु प्रदर्शनीका लागि राखिने फरक सोचका संयोजक यादवजंग रायमाझीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*