म्यान मकवानपुरको सपथ ग्रहण

तामसालिङ खबर
१ माघ २०७९, आईतवार ०८:४८

माघ, हेटौंडा – मोवाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको शनिबार सपथ तथा पदस्थापना गरिएको छ । गत पुस ९ गते भएको ११ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनमा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पद स्थापना कार्यक्रम भएको हो ।

म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाको अध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघको वस्तुगत उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

म्यान मकवानपुरको निर्वाचनबाट अध्यक्षमा नवराज चौलागाई , वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, उपाध्यक्षमा रोहिनीप्रसाद गौतम, महासचिव राजकुमार दाहाल, सचिव लक्ष्मण न्यौपाने निर्वाचित भएका थिए । एशोसिएसनका कोषाध्यक्ष शिवराज बास्तोला र सह कोषाध्यक्ष अमोद बानियाँ निर्विरोध चयन भएका थिए । त्यस्तै सदस्यहरुमा एदिस रिजाल, जीवनाथ अधिकारी, सुमन रायमाझी, पुष्पराज गौतम, सुनील प्रसाद सुवेदी र सुरेश लामा निर्वाचित भएका थिए ।

निर्वाचितलाई निर्वाचन आयुक्त एसीस रिजालले सपथ खुवाएका थिए । अध्यक्ष लामाले नवनिर्वाचित अध्यक्ष नवराज चौलागाईलाई पद हस्तान्तरण समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*