बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने नवनियुक्त मुख्यमन्त्री जमकट्टेलको निर्णय

तामसालिङ खबर
२६ पुष २०७९, मंगलवार १६:५१

पुष, हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रालयको संख्या घटाउने निर्णय गर्नु भएको छ ।

मंगलबार विहान मुख्यमन्त्रीको सपथ लिएपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या कटौति गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका हुन् ।

आम जनगुनासोलाई मागलाई सम्बोधन गर्दै नवनियुक्त मुख्यमन्त्री जमकट्टेलले प्रदेशमा मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरिएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*