नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत

तामसालिङ खबर
१५ पुष २०७९, शुक्रबार ०७:२०

पुष, हेटौंडा – बागमती प्रदेश सभामा नेकपा एमालेको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत निर्वाचित हुनुभएको छ । बिहीबार बागमती प्रदेश सभा स्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा भएको बैठकले थपलियालाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

थपलिया चितवनको निर्वाचन क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । बागमती प्रदेश सभामा नेकपा एमालेका २७ जना सदस्य छन् । १३ जना प्रत्यक्ष निर्वाचित हुन् भने १४ जना समानुपातिक प्रणालीबाट निर्वाचित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*