प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णय: सुशासन, सेवा प्रवाह र विकास निर्माणमा प्रभावकारिता अभिवृद्धि

तामसालिङ खबर
१२ पुष २०७९, मंगलवार ०७:०२

पुष, काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सेवा प्रवाह र विकास निर्माणमा प्रभावकारिता अभिवृद्धि गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार पद बहालीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेर यस्तो निर्णय गरेका हुन् ।

सोमबारै सिंहदरबारमा बसेको पहिलो मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले जनतामा आशा जगाएको भन्दै निर्वाचनबाट आएको निर्णयलाई मन्त्रिपरिषद्ले समेटेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुनेबारे पहिलो बैठकमै छलफल भएको भन्दै राहदानी, लाइसेन्सजस्ता सेवा प्रवाह गर्ने कार्यालयमा लामो लामो लाइन रहने गरेकाले अव ती समस्या समाधान गर्ने संकल्प गरेको बताए ।

त्यस्तै, मन्त्रिपरिषद्का सदस्यहरुले वृद्धि भएको तलब नलिने भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रसेवकहरूको तलबमा भएको वृद्धि कम्तीमा यस आर्थिक वर्षका लागि मन्त्रिपरिषद्का सदस्यहरुले नलिने निर्णय भएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*