समानुपातिकतर्फ १ करोड ३ लाख ८२ हजार मत गन्दा, कुन दलले कति पाए ?

तामसालिङ खबर
१६ मंसिर २०७९, शुक्रबार १२:०७

मंसिर, काठमाडौं – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणाली तर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मतसहित दोस्रो स्थानमा रहेको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१ मत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९३१ मत र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले हालसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । एकीकृत समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये १ सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ । ती क्षेत्रमा मतगणना भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*