विश्वकप नकआउट चरणमा पुग्ने यी हुन् १२ टोली

तामसालिङ खबर
१६ मंसिर २०७९, शुक्रबार ०९:५३

मंसिर, काठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत हालसम्म अन्तिम १६ खेल्ने बार टोलीको टुंगो लागेको छ । समूह ‘जी र एच’ बाहेक अन्य सबै समूहको विजेता र उपविजेता टुंगो हो ।

समूह ए बाट नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेता र सेनेगल ६ अंक जोड्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ । ४ अंक जोडेको इक्वेडर र अंकविहिन कतार समूह चरणबाट बाहिरीए ।

समूह बी मा इंग्ल्यान्ड ७ अंकसाथ शीर्षस्थानमा रहयो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्सले समूह चरणबाट बाहिरीएको छ ।

समूह सी मा अर्जेन्टिना ६ अंकसहित समूह विजेता बन्यो । पोल्यान्ड र मेक्सिको समान ४–४ अंक जोडेपनि गोलअन्तरमा पोल्यान्ड अन्तिम १६ मा पुग्यो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रह्यो ।

समूह डी मा फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा रहयो । अष्ट्रेलियाले फ्रान्ससँग पहिलो खेल हारेपछि लगातार जित दर्ता गर्दै ६ अंकका साथ नकआउट चरणमा स्थान बनायो । ४ अंक जोडेको ट्युनिसिया र १ अंक जोडेको डेनमार्क समूह चरणबाट बाहिरीए ।

समूह ई मा जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन र जर्मनीले ४–४ अंक जोडे पनि गोल अन्तरमा आधारमा स्पेन अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।

समूह एफ मा मोरक्कोले ७ अंक जोड्दै शीर्षस्थान हासिल गर्यो । क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियम ४ अंक जोड्दै समूह चरणबाट बिदा भयो । क्यानाडा अंकविहिन रहँदै बाहिरियो ।

समूह जी र एच तर्फ अन्तिम खेल आज (शुक्रबार) हुँदैछ । समूह जी मा ब्राजिलले क्यामरुन तथा स्विटजरल्यान्डले सर्बियाको सामना गर्नेछ । त्यस्तौ समूह एचमा पोर्चुगलले दक्षिण कोरिया र उरुग्वेले घानासँग खेल्नेछ ।

अब अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछ । इंग्ल्यान्डले सेनेगलको सामना गर्दा अर्जेन्टिना र अष्ट्रेलिया भिड्नेछन् । पोल्यान्डले फ्रान्सको सामना गर्नेछ भने क्रोएसियाले जापानविरुद्ध खेल्नेछ । स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*