हरेक खेलमा चार्ज गर्नुपर्ने फिफा विश्वकपको प्रविधियुक्त फुटबल

तामसालिङ खबर
१६ मंसिर २०७९, शुक्रबार १३:५२

मंसिर, काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबल विभिन्न कुराले चर्चामा आइरहेको छ । यसपटक खेलभन्दा पनि त्यहाँ प्रयोग भएको नयाँ प्रविधि बढी चासोको विषय बनेको छ । सेमि-अटोमेटेड अफसाइड प्रविधि, बलमा प्रयोग भएको सेन्सर, अपग्रेडेड भीएआर प्रविधिले खेललाई सटिक बनाएको छ ।

यी सबै प्रविधि मध्ये अहिले चर्चामा आएको अर्को प्रविधि हो, बलमा भएको सेन्सर । यसमा प्रयोग भएको नयाँ सेन्सरले खेललाई सटिक, स्तरीय र विश्वसनीय बनाएको छ । विश्वकप फुटबलका हरेक खेलअघि उक्त बल चार्ज गरिन्छ ।

प्रयोग गरेपछि जसरी हाम्रो फोनको चार्ज सकिन्छ, त्यस्तै विश्वकपमा प्रयोग भएको फुटबलको पनि चार्ज सकिन्छ । सो फुटबलमा मोसन सेन्सर प्रयोग गरिएको हुन्छ, जसलाई पावर उपलब्ध गराउन ब्याट्री चार्ज गर्नुपर्ने हुन्छ । त्यसका लागि बल चार्जमा लगाइन्छ । बलमा प्रविधि प्रयोग गरेको यो पहिलो विश्वकप हो ।

विश्वकप फुटबलमा महत्त्वपूर्ण मानिएको अर्को कुरा हो, भीएआर प्रविधि । भीएआर भन्नाले भर्चुअल असिस्टेन्ट रेफ्री । यो प्रविधिले बलमा भएको सेन्सर, खेलाडी तथा बललाई ट्रयाक गर्ने क्यामेराबाट प्राप्त डेटा मूल्याङ्कन गर्छ । र, रेफ्रीलाई उचित निर्णय लिन सघाउँछ ।

भीएआर प्रविधिले गर्दा रेफ्री खेलाडीसँगै दौडिन छोडिसक्यो भन्दै हरेक म्याचमा फुटबल समर्थकले मजाक गर्दै आइरहेका हुन्छन् । भीएआर प्रविधिले फुटबलमा हुने अफसाइड बललाई सटिक तरिकाले क्षणभरमै थ्रीडी डायग्रामबाट देखाउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*