समानुपातिकतर्फ माओवादी केन्द्र तेस्रो दल बन्यो, चौथोमा स्वतन्त्र पार्टी

तामसालिङ खबर
१० मंसिर २०७९, शनिबार १३:४२

मंसिर, काठमाडौ – नेकपा माओवादी केन्द्र जारी मतगणनामा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर तेस्रो ठूलो दल बनेको छ।

६८ लाख ७७ हजार ५९५ मत गन्दा माओवादीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेको छ । अहिले माओवादीले ८ लाख ४ सय १८ अर्थात् ११.६३ मत पाएको छ भने स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ३४८ अर्थात् ११.६२ प्रतिशत मत पाएको छ ।

समानुपातिक तर्फ काठमाडौं र सहरी क्षेत्रको मतगणना हुँदा रास्वपाले माओवादीलाई निरन्तर पछि पारेको थियो । पछिल्लो समय देशैभरिको मतगणना भइरहेकाले माओवादीले आफ्नो मत बढाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*