डीनाको अग्रता कायमै, सिंहको आक्रामक मत बढ्दै

तामसालिङ खबर
८ मंसिर २०७९, बिहीबार १०:५८

मंसिर, हेटौडा – मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को कडा प्रतिष्पर्धा बनेको छ । ७४ हजार ७ सय ९२ मत गणना गर्दा लोकतान्त्रिक बाम गठबन्धन तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेस केन्द्रिय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीना अग्रता कायमै छ।

डिनाले २२ हजार ५८३ मत पाउदा, एमालेका थापाले २१ हजार ४ सय ७२ मत र सिंहले २१ हजार १ सय ५९ मत ल्याएका छन् । अहिले ५, ९ र १२ वडाको गणना भइरहेको र वडा नम्बर १० नम्बर वडाको गणना हुन बाँकी छ ।

यसअघि प्रदेशसभाको मतगणनामा राप्रपाका उम्मेदवार गुन्जनबहादुर न्यौपानेले बढि मत ल्याएका वडाको मत गणना भइरहेकाले सिंह अघि सम्भावना बलियो बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*