मकवानपुर २ प्रतिनिधि सभामा नेकपा एमालेका महेश बर्तौला बिजयी

तामसालिङ खबर
८ मंसिर २०७९, बिहीबार ०७:५८

मंसिर, हेटौँडा – मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी हुनु भएका छन् । बर्तौलाले नेकपा एकिकृत समाजवादीका उम्मेदवार बिरोध खतिवडालाई ४ हजार ५ सय २० मत अन्तरले पराजित गरे ।

कुल खसेको मत ८६ हजार ३ सय १ मतमा बर्तौलाले ३४ हजार ९ सय १६ मत ल्याएका छन् । खतिवडाले ३० हजार ३ सय ९६ मत मात्रै पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाउँदा राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरे । बदर मत ४ हजार १ सय २ छ ।

विद्यार्थी राजनीतिबाट २०७८ सालमा मात्रै पार्टीको राजनीतिमा प्रवेश गरेका बर्तौला पहिलाेपल्ट संसदीय चुनाव लडेका हुन् । बर्तौला हाल एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख छन् । २०७४ मा खतिवडालाई चुनाव जिताउन बर्तौला पनि मैदानमा थिए । तर, त्यसको ठीक पाँच वर्षपछि गुरु-चेला नै एकअर्काको प्रतिस्पर्धी बने ।

यस्तो अन्तिम मत परिणाम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*