फराकिलो मत अन्तर सहित माओवादी केन्द्रको छिन्तु विजयी

तामसालिङ खबर
८ मंसिर २०७९, बिहीबार ०८:२५

मंसिर, हेटौंडा – मकवानपुर क्षेत्र नम्बर १ को क बाट प्रदेश सभामा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (छिन्तु) फराकिलो मत अन्तर बिजयी भएका छन् । १९ हजार ७ सय १९ मतका साथ उनी विजयी भएका हुन् ।

बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पुलामीसँग नेकपा एमालेका कमल विष्ट ४ हजार २ सय ८७ मत अन्तरले पारजित भए । विष्टले १५ हजार ४ सय ३३ मत प्राप्त गरे । साथै राप्रपाका उम्मेदवार सागर थापाले ७ हजार ७ सय २ मत प्राप्त गरे । पुलामी २०७४ मा यसै क्षेत्रबाट जितेका थिए ।

उनी २०६४ मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचत भएका थिए । बिगत ३० वर्षदेखि निरन्तर कम्युनिष्ट राजनीतिमा रहेका पुलामी जनयुद्धको समयमा दश वर्ष भूमिगत राजनीति गरेका थिए । उनी जनयुद्धकै समयमा २०५५ मा एक महिना जेल परेका थिए । वाइसिएलको समस्य हुँदै राजनीतिमा प्रवेश गरेका उनले जनयुद्धको समयमा बिभिन्न युद्ध मोर्चाहरु सम्हाले ।

२०५८ मा उनी मकवानपुरको पूर्वी इलाकाको जनसरकार प्रमुख बने । सोही समयमा जिल्ला पार्टी सचिवालय सदस्य हुँदै २०५९ मा जनमुक्ति सेनको कमिसार र २०६० सालमा रसुवा र नुवाकोटको पार्टी सेक्रेटरीको भूमिका पनि पुलामीले सम्हाले ।

२०६१ सालमा जनमुक्ति सेनाको बटालियन कमिसार हुँदै उनी नेवा ताम्सालिङ दक्षिण ब्युरो सचिव समेत बने । तत्कालिन माओवादी पार्टी शान्ति सम्झौतासँगै खुल्ला राजनीतिमा आएपछि नेकपा माओवादी केन्द्रमा आएको टुटफुट र बिभाजनको समयमा पनि उनी अबिचलित रही मकवानपुरमा नेकपा माओवादीलाई एकताबद्ध बनाउन मुल नेतृत्व सम्हालेर बसे ।

२०६८ सालदेखि नेकपा माओवादी केन्द्र मकवानपुरको अध्यक्षको भूमिका निर्वाह गर्दै आएका उनी हाल नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका उपाध्यक्ष हुन् ।

पुलामी २०२९ पुस ८ गते बागमती गाउँपालिका ३ फापरबारीमा बुवा जित बहादुर पुलामी र आमा रत्नकुमारी पुलामीको कोखबाट जन्मिएका हुन् । ‘म सधैँ जनताको बीचमा हुनेछु, मलाई विजयी गराउनुहुने सबै मतदातालाई धन्यवाद’, जितपछि प्रतिक्रिया दिँदै पुलामीले भने, ‘तपाईहरुको मतको करद हुनेगरी काम गर्नेछुु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*