मकवानपुर २ (क) मा माओवादी केन्द्रकी कुमारी मोक्तान बिजयी

तामसालिङ खबर
७ मंसिर २०७९, बुधबार २३:११

मंसिर, हेटौडा – मकवानपुर क्षेत्र नम्बर २ क प्रदेश सभामा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान बिजयी हुनु भएको छ ।

बुधबार साझ सर्बाजानिक मत परिणाम अनुसार निकटतम प्रतिद्वन्दी नेकपा एमालेको उम्मेदवार बिष्णु प्रसाद ढकाललाई पराजित गर्नुहुँदै मोक्तानले बागमती प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

कुल ४६ हजार ५३ मत गणना गर्दा मोक्तानले १९ हजार ८ सय ७३ मत ल्याउदा ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गर्नु भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत रहनु भएको मोक्तानले ३ सय २२ मतान्तरले बिजयी हुनु भएको छ ।

२०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा मोक्तान यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*