मकवानपुर २ (क) मा कुमारी मोक्तानको जित सुनिश्चित

तामसालिङ खबर
७ मंसिर २०७९, बुधबार २१:१८

मंसिर, हेटौडा – हेटौंडाको सिद्धार्थ माबीमा जारी प्रतिनिधि तथा प्रदेश सभा मत गणनामा मकवानपुर क्षेत्र नम्बर २ क प्रदेश सभाको उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान बिजयी नजिक पुगेकी छिन्।

हालसम्म ४२ हजार ९ सय ६ मत गन्दा, मोक्तानले १८ हजार ९ सय १५ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेको बिष्णु प्रसाद ढकालले १८ हजार ४ सय ५० मत प्राप्त गर्नु भएको छ । मोक्तानकी प्रतिद्वन्दी ढकाल ४ सय ६५ मतान्तरले पछि रहेको छ । अब अन्तिम मत परिणामको लागि २ हजार ५ सय ४३ मतको गणना जारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*