राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बन्ने यात्रामा

तामसालिङ खबर
६ मंसिर २०७९, मंगलवार ०७:३३

मंसिर, काठमाडौ – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको यतिबेला मतगणना जारी छ । विभिन्न दलहरूले कयौं ठाउँमा आफ्नो पकड बनाउदै अग्रता गरि रहेका छन् ।

हालसम्म जितको कुरा गर्दा प्रतिनिधिसभामा कांग्रेसले ३ तथा एमालेले १ सिट आफ्नो बनाइ सकेको छ । तर, यतिबेला उत्कृष्ट ‘पर्फम’ गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि देशभर ९ स्थानमा अग्रता बनाइरहेको छ । साढे ३ महिना अगाडि स्थापना भएको यो दलको लागि ठुला दलहरूलाई पछि पार्दै अग्रता बनाउनु नै अविश्वसनीय हो।

समानुपातिक तर्फ पनि स्वतन्त्र तेस्रो स्थानमा रहेको छ । नेकपा एमालेले ५५ हजार ४ सय ६८ कटाएको छ । दोश्रो स्थानमा रहेको नेपाली नेपाली कांग्रेसले ४९ हजार ७ सय ७६ मत लिएको छ । तेस्रो स्थानमा स्वतन्त्र पार्टीले २४ हजार ५ सय ७२ मत कटाएको छ । अर्को तर्फ माओवादी केन्द्र २१ हजार ५ सय ६२ मत प्राप्त गरि स्वतन्त्रलाई पछ्याइरहेको छ । माओवादीले स्वतन्त्र संगको मतान्तर गटाइएको छ।

०६५ यताका निर्वाचनको कुरा गर्ने हो भने कांग्रेस, एमाले र माओवादी नै समानुपातिक तर्फबाट प्रमुख ३ दलको रुपमा परिचीत छन् । तर स्वतन्त्रले माओवादीको मत उल्ट्याउदै समानुपातिक तर्फ आफू तेश्रो बन्ने दावेदारी पेश गरिसकेको छ ।

स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनमा भने भाग लिएको छैन । प्रदेश प्रणाली संरचना खर्चिलो र थेगी नसक्दो भएकोले यश निर्वाचनमा भाग नलिने भनी स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताउदै आएका छन् । यद्यपि उनले प्रदेश संरचना मान्ने नमान्ने विषयमा आफ्नो स्पष्ट धारणा ब्यक्त अभिव्यक्त गरेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*