देशलाई निकास र आफ्नो निर्वाचन क्षेत्रलाई विकास गर्न आएको हुँ – डिना
कार्तिक, हेटौडा (बकैया) – लोकतान्त्रिक बाम गठबन्धनतर्फ मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले आफु देशलाई निकास र आफ्नो निर्वाचन क्षेत्रको विकास गर्न आएको बताउनुभएको छ ।
सोमबार बकैया गाउँपालिका वडा नम्बर ९ शिखरपुरमा आयोजित चुनावीसभामा बोल्दै उहाँले यस क्षेत्रमा गर्व गर्न लायकको विकास गरेरै छाड्ने दाबी गर्नुभयो ।
‘मैले कुनै लाभ पाउने अभिलाषाले यो चुनाबमा आएको होइन, उहाँले भन्नुभयो-‘देशलाइ निकास चाहिएको छ, यो क्षेत्रलाई समृद्ध बनाउनु छ र मेरो एउटै उद्धेश्य नै यहाँहरुको माझमा रहेर गर्व गर्न लायकको विकास गर्ने हो ।’
उहाँले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि , पुल-पुलेसा जस्ता जनताको दैनिकी जिवन संग सम्बन्धित विषयलाई योजनाबद्ध ढंगले विकास गरिने बताउनुभयो । त्यसका लागि केन्द्र देखि प्रदेशका सरकारमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने र त्यो सुनिश्चितता यहाँले जनताले बनाउनुपर्नेमा जोड दिनुभयो ।