जनताको सेवा गर्न अमुल्य मत दिनोस् – कुमारी मोक्तान

तामसालिङ खबर
२९ कार्तिक २०७९, मंगलवार ०५:३९

कार्तिक, हेटौडा (थाहा नगर) – मकवानपुर क्षेत्र नम्बर २ ‘क’ प्रदेश सभा सदस्य उम्मेदवार एवंम नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले आफुलाई जनताको सेवा गर्न अमुल्य मत दिन आग्रह गर्नुभएको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी कोणसभा र घरदैलो अभियानमा उहाँले आफुले पाएको मतको उच्च सम्मान गर्दै जनताकै सेवामा समर्पित हुनेमा ढुक्क हुन अनुरोध गर्नुभयो ।

‘यसअघि पाएको मतको कदर गर्दै तपाईहरुको गाउँटोलमा सक्दो धेरै विकास, निर्माणको काममा बजेट ल्याएकै थिए,’ उहाँले भन्नुभयो, ‘मलाई फेरी अमुल्य मत दिनुस्, अझै धेरै विकास निर्माणको लागि बजेट ल्याउन र स्थानीय समस्या समाधान गर्न भुमिका खेल्नेछु ।’ चुनावका बेला भोट पाउँन झुटो कुरा र आश्वासन दिने धेरै रहेकाले सचेत रहनुपर्ने भन्दै विकास, समृद्धी र सुशासनका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, नेकपा एकीकृत समाजवादीका नेता ईश्वरलाल रुम्बा, नेपाली काँग्रेस थाहा नगर सभापती प्रमोद जोशी लगायतले लोकतान्त्रिक बाम गठबन्धनको विकास, निर्माण तथा लोकप्रियता र जित निश्चित भएपछि अन्य पार्टी र उम्मेदवारले भ्रम फैलाउँन थालेकाले जनता सचेत भएर गठबन्धनलाई जिताउँनुपर्ने बताए ।

सोमबार थाहा नगरपालिका वडा नम्बर १ को खानीगाउँमा चुनाबी कोणसभा तथा थाहा ११ को क्यान्टिन डाँडा, भन्ज्याङडाँडा, मलागिरी, ठाडे, जाग दह, डाडीघाट र थाहा १२ को जगडाँडा, आदमारा लिति, नौखण्डे, दोबान खोला÷गैरीगाउँमा घरदैलो गरिएको थियो । घरदैलोको क्रममा स्थानीयवासीले स्वच्छ खानेपानी, पक्की सडक लगायतको भौतिक पूर्वाधारको माग गरेको नेकपा माओवादी केन्द्र थाहा नगरका सचिव लक्ष्मण विष्टले बताउँनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*