गठबन्धनको सरकार बनेपछि हाँडीखोलाको बिकासमा तिब्रता दिइने – ईन्द्रबहादुर बानियाँ

तामसालिङ खबर
२७ कार्तिक २०७९, आईतवार १८:२४

कार्तिक, हेटौंडा (मनहरी) – मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ (ख) को प्रदेशसभा तर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार बनेपछि मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रको विकासमा तिब्रता दिइने बताउनु भयो ।

आइतबार मनहरी ५ स्थित बसन्तपुरमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा सम्बोधन गर्दै बानियाँले पूर्व पश्चिम राजमार्ग सँग हाँडीखोलालाई जोड्न राप्तीखोलामा पक्की तथा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताएका हुन् ।

बागमती प्रदेशमा गठबन्धनको सरकार बने सँगै राप्तीखोलामा पक्की पुल निर्माणको लागि बजेट विनियोजन भइसकेको भन्दै अबको केही समयमा ठेक्का आह्वान गरी काम सुरु हुने बानियाँले बताए । ‘नेकपा एमालेले साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरिरहँदा हाँडीखोलालाई उपेक्षा गरेको थियो ।

गठबन्धनको सरकार बनेपछि हामीले रजैया दर्दरा जोड्ने पक्की पुल र बस्तिपुर-मनहरी ३ जोड्ने पक्की पुलमा बजेट विनियोजन गरेका छौं । यसले हाँडीखोलाबासीलाई धेरै राहत हुनेछ ।’ बानियाँले भने ।

हाँडीखोलामा कृषि तथा पशुपालनको हब बनाइने उनले बताए । बीउबीजन तथा रसायनिक मल समयमा उपलब्ध गराउने, कृषिउपजको भण्डार र उचित बजार व्यवस्थापन गरिने बानियाँले बताए । बानियाँले नेकपा एमालेले जनतले ल्याएको उपलब्धीलाई मास्न खोज्ने, राजाबादी र देश टुक्र्याउन खोज्नेसँग तालमेल गर्ने जस्ता गतिविधि गरिरहेको भन्दै अब जनताले यो निर्वाचनमा प्रतिगमनकारीहरुलाई परास्त गर्ने बताए।

नेकपा माओवादी केन्द्र मनहरी ५ का वडा अध्यक्ष तथा चुनाव-प्रचारप्रसार समितिका संयोजक गोविन्दप्रसाद सापकोटाको सभाध्यक्षतामा भएको नेकपा एकीकृत समाजवादीको केन्द्रिय सदस्य राजाराम स्याङतान, नेपाली कांग्रेस मकवानपुरको सभापति बुद्ध लामा, नेकपा माओवादी मनहरी अध्यक्ष रामप्रसाद कालाखेती लगायत गठबन्धनका नेताहरु उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*