‘बकैयामा गठबन्धनको अगुवा कार्यकर्ता भेला, जनताको समस्या समाधान गर्ने प्रतिबद्धता’

तामसालिङ खबर
२७ कार्तिक २०७९, आईतवार २१:११

कार्तिक, बकैया – मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ स्थित गडुवन र गबरस्थानमा लोकतान्त्रिक बाम गठबन्धनले अगुवा कार्यकर्ता भेला तथा टोलसभा आयोजना गरेको छ । आइतबार बिहान भएको कार्यक्रममा गठबन्धनका उम्मेदवारहरु महालक्ष्मी उपाध्याय (डिना) र प्रेम बहादुर पुलामी (छिन्तु) ले सम्बोधन गर्नुभएको   छ ।

कार्यक्रममा बोल्दै डिनाले स्थानीय तह र प्रदेश सरकारको बजेटले गर्न नसकेका विकास योजनाहरु केन्द्र सरकारबाट पहल गरेर पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफु जनताकै दुख सुखमा सदा साथ रहेकाले विश्वास गरेर गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो ।

गठबन्धनकै प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले गाँस–बाँस छिन्नेहरुलाई जनतासंग भोट माग्ने अधिकार नरहेको जिकिर गर्नुभयो । उहाँले यस ठाउँमा बाटोको स्तरवृद्धि, खानेपानीको व्यवस्था, स्थानीय उत्पादनको बजारीकरण लगायतको समस्यालाई प्रदेश सरकारले हल गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, उहाँले केन्द्र , प्रदेश र स्थानीय तह मिलेर यहाँको अर्को मूख्य समस्याको रुपमा रहेको लालपुर्जा वितरणलाई पनि हल गरिने बताउनुभयो ।

गठबन्धनका प्रचारप्रसार संयोजक धनबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य जिवन गोले , लक्ष्मी पाख्रिन, लक्ष्मी माझी लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*