एमालेका प्रदेश सभा सदस्य उम्मेदवार श्रेष्ठको घोषणापत्र सार्वजनिक

तामसालिङ खबर
२४ कार्तिक २०७९, बिहीबार १८:४९

कार्तिक, हेटौडा – एमाले मकवानपुर निर्वाचन परिचालन कमिटी मकवानपुरले निर्वाचन क्षेत्र नम्बर १ को (२) का उम्मेदवारको घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै क्षेत्र नम्बर १ (२) का उम्मेदवार एकलाल श्रेष्ठले आफ्नो घोषणापत्र सार्वजनिक गरेका हुन्।

उनले पत्रकार सम्मेलनमा आफूले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य, सामाजिक विकास, खानेपानी तथा सरसफाइ, कृषि, भू तथा जलाधार संरक्षण, पर्यापर्यटन र उद्योग, उद्यम विकास तथा रोजगारीजस्ता मूल विषय समेटर घोषणापत्र तयार पारेको बताए। उम्मेदवार श्रेष्ठले बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले सुरु गरेका कामहरूलाई निरन्तरता दिने आफ्नो लक्ष्य रहेको पनि स्पष्ट पारे।

हेटौँडाको विकासमा धेरै कुरा पूर्वमुख्यमन्त्री पौडेलबाट सुरु भएको छ। म उहाँले सुरु गरेका कामलाई निरन्तरता दिँदै टुंगोमा पुर्याउँछु। साथै, एक वडा एक खेल मैदान, नगरका सबै वडा र वस्तीहरूलाई सडक सञ्जालले जोड्ने, कर्रा करिडोर सम्पन्न गरी पर्यापर्यटनको विकास, वैकल्पिक चक्रपथ, एक विद्यालय एक खेल शिक्षक, विद्युतीय सवारी सञ्चालनको व्यवस्था, उपयुक्त स्थानको खोजेर हेटौँडामा विमानस्थलको निर्माण गर्नेलगायत मेरा प्राथमिकता हुन्।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*