कैलाशमा अब बाह्रै महिना गाडी चल्ने सडक बन्छ – बानियाँ

तामसालिङ खबर
२६ कार्तिक २०७९, शनिबार ०६:४७

कार्तिक, हेटौडा (कैलाश) – नेपाली कांग्रेस बागमती प्रदेशका सभापती एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) प्रदेश सभाका उम्मेदवार इन्द्र बहादुर बानियाँले कैलाशलाई सुगम बनाउनका लागि गठबन्धनको उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताएका छन ।

कैलाश गाउँपालिका वडा नम्बर ३ र ४ नम्बर वडाको संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको भेलालाई सम्बोधन गदै उम्मेदवार बानियाँले उक्त कुरा बताएका हुन ।

कैलाशको समस्या बुझेको उम्मेदवार गठबन्धनमा मात्र रहेको बताउदै बानियाँले कैलाशलाई समृद्ध निर्माणका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरे । त्यसै गरि विकासको पहिलो खुड्किलो सडक रहेको भन्दै उनले कैलाश गाँउपालिकामा हाल सम्म पनि बाह्रै महिना सडक बाटोको कारण यातायात सञ्चालन हुन नसकेको र आफ्नो अबको प्रमुख लक्ष्य भनेको बाह्रै महिना निर्वाध रुपमा यातायात सञ्चालन गर्न सक्ने सडक निर्माण गर्ने रहेको बताए ।

बाटोकै कारण असार साउनको बेलामा यहाँको जनताले बजार सम्म पुग्न कति दुख पाउछन भन्ने कुरा मैले अनुभुति गरेको छु , अव गठबन्धनको उम्मेदवारले विजय र गठबन्धनको सरकार निर्माण पछि कैलाशको जनताले त्यो दुख भोक्नु नपर्ने बानियाँले बताए ।

त्यसका साथै कैलाश गाँउपालिकाको बिभिन्न स्थान तरकारी उत्पादनको लागि निकै उपयुक्त ठा्ँउ भएकाले यउाँ ब्यवसायिक उत्पादनमा जोड दिई युवा तथा महिलाहरुलाई विदेशीनबाट रोकी आफनौ ठाँउमा बसेर आर्थोपाजर्नका लागि विशेष योजनाहरु सञ्चालन गरिने उम्मेदवार बानियाँको भनाई छ । बृद्धि गराई आर्थिक स्तरमा सुधार ल्याउने काम गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*