संविधान नमान्ने कमल थापा र दिपक सिंहलाई जनतासंग मत माग्ने नैतिक अधिकार छैन : डिना

तामसालिङ खबर
२४ कार्तिक २०७९, बिहीबार २०:३६

कार्तिक, हेटौडा (बागमती) – मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले जनताको अधिकार स्थापित गर्न ल्याएको संविधान नमान्नेहरुलाई जनतासंग मत माग्ने नैतिक अधिकार नभएको जिकिर गर्नुभएको छ ।

बिहिवार बागमती गाउँपालिका वडा नम्बर ९ लितिमा भएको चुनाबीसभामा बोल्दै उम्मेदवार डिनाले यस्तो बताउनुभएको हो । ‘कमल थापा र दिपक सिंह अहिले जनताको घर-घर पुगेर भोट मागिरहेका छन्, डिनाले भन्नुभयो-‘जनताको अधिकारका लागि ल्याइएको संविधान नमान्ने उनीहरुलाई आज जनतासंग भोट माग्ने कुनै नैतिक अधिकार नै छैन । ’

उम्मेदवार डिनाले आफु बिजयी भए यस क्षेत्रका लागि राष्ट्रिय बजेट ल्याउने दाबी गर्नुभयो । गठबन्धनको जित सुनिश्चित भइसकेको बताउँदै उहाँले अब मंसिर ४ गते कुर्नु परेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*