लोकतान्त्रिक बाम गठबन्धनले थाहाको ३ र ४ मा घरदैलो कार्यक्रम गर्ने

तामसालिङ खबर
२३ कार्तिक २०७९, बुधबार १८:३८

कार्तिक, हेटौडा (थाहा नगर) – मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धन अन्तर्गत थाहा नगरपालिका वडा नं. ३ र ४ को संयुक्त बैठक बसेको छ ।

बैठकले वडामा निर्वाचन प्रचारप्रसार, मतदाता शिक्षा सहित घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार शंकर होटलमा भएको संयुक्त बैठकले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन र मत बदर हुन नदिन प्रचारप्रसार, मतदाता शिक्षा सहित घरदैलो कार्यक्रम गर्न लागिएको नेकपा माओवादी केन्द्र थाहा नगर ४ नं. वडा कमिटिका अध्यक्ष जमिन दियालीले बताउनुभयो ।

गठबन्धन दलका पदाधिकारी सहितको टोल स्तरीय कमिटि बनाई ३ र ४ नम्बर वडमा प्रचारप्रसार अभियान सञ्चालन गरिने बाम लोकतान्त्रिक गठबन्धन थाहा नगर सचिव लक्ष्मण बिष्टले बताउनुभयो । बैठकमा बाम लोकतान्त्रिक गठबन्धन थाहानगर स्तरीय कमिटि र वडा कमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*