बिकास र समृद्धिको लागि गठबन्धनलाई भोट हाल्नुपर्छ – कुमारी मोक्तान

तामसालिङ खबर
२३ कार्तिक २०७९, बुधबार १८:३०

कार्तिक, हेटौडा – नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवम् मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले बिकास र सर्मद्धिको लागि गठबन्धनका उम्मेदवारलाई भोट हाल्नु पर्ने बताउनुभएको छ ।

ईन्द्रसरोबर गाउँपालिका १ नयाँगाउँमा बुधबार आयोजित चुनाबी सभामा बोल्दै उहाँले गठबन्धनलाई अमुल्य भोट दिएर विकास र समृद्धिका पक्षमा साथ दिन आग्रह  गर्नुभयो । उहाँले भन्नुभयो, ‘देखेर बुझेपछि मात्र काम गर्ने हो, त्यसैले आज म गाउँको अवस्था बुझ्न गाउँ-गाउँमा पुगिराखेको छु । गठबन्धनलाई भोट हाल्न चुक्नुभयो भने ५ वर्ष तपाईं हामीले दु:ख पाउँछौ, यस क्षेत्रको विकास हुन सक्दैन ।’

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनुभएको उहाँले आफ्नो राजनीतिको मुख्य उद्देश्य नै गरिब निमुखाको जीवनस्तर उकास्नु रहेको भन्दै देश र जनताप्रति सदैव क्रियाशिल रहने बताउनुभयो ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जमान सिं वाईबाले लोकतान्त्रिक बाम गठबन्धन सरकारको पहलमै बजेट विनियोजन भएर उक्त क्षेत्रमा अति समस्याको रुपमा रहेको खानेपानीको व्यवस्था गर्न सफल भएकाले जनताले उचित मुल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्रबहादुर श्रेष्ठ, बागमती प्रदेश परिषद सदस्य विनायक गोले, नेकपा एकीकृत समाजवादीका मकवानपुर सहसचिव जीवन लामा, नेपाली काँग्रेस मकवानपुरकी जिल्ला सदस्य सुमित्रा लामा लगायतले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट दिएर जिताउँनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम नेपाली काँग्रेस ईन्द्रसरोबर गाउँपालिकाका सभापति विश्वलाल लामाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*