गठबन्धनको सरकार बनेपछि युवालाई रोजगारी सँग जोड्छौँ – प्रवक्ता महत

तामसालिङ खबर
२३ कार्तिक २०७९, बुधबार १०:१४

कार्तिक, हेटौडा (मनहरी) – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने गठबन्धनको सरकारले औद्योगिक क्षेत्रको विकास र विस्तार गरी युवाहरुलाई रोजगारीसँग जोड्न प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको मनहरीमा मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रवक्ता महतले मुलुकमा आर्थिक समृद्ध ल्याउन पहिला युवालाई रोजगारीसँग जोड्नुपर्ने उल्लेख गर्दै त्यसको लागि गठबन्धनसँग स्पष्ट योजना रहेको बताए ।

उनले गठबन्धनले गरिब, निमुखा जनताको आधारभूत आवश्यकता पूरा गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, खानेपानी, कृषि तथा पशुपालनलगायतको क्षेत्रमा काम गर्ने योजनाका साथ प्रतिवद्धतासमेत सार्वजनिक गरिसकेको बताए ।

विभिन्न जातजाती, भाषाभाषी एवम् सबै पुस्तालाई समेटेर गठबन्धनको सरकारले काम गर्ने उनले बताए । गठबन्धनमा नेतृत्वदायी दलको रुपमा नेपाली कांग्रेस रहेकोले सरकारको नेतृत्व कांग्रेसले गर्नेसमेत उनले बताए ।

नेकपा एमालेले विगतमा सरकार संचालन गर्दा विभेदपूर्ण व्यवहार गरेको, भ्रष्टाचारमा लिप्त भएको, जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त उपलब्धी मास्ने प्रयास गरेको उल्लेख गर्दै उनले अब जनताले प्रतिगमनकारीहरुलाई परास्त पार्नुपर्ने बताए ।

मकवानपुरमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका सबै जना सशक्त र इमान्दार भएको बताउँदै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराइदिन आग्रह समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*