बीपी कांग्रेसका ३ जना समानुपातिक उम्मेदवार नै नेपाली कांग्रेस फर्किए

तामसालिङ खबर
२३ कार्तिक २०७९, बुधबार १७:५९

कार्तिक, हेटौंडा – नेपाली कांग्रेस (बीपी) बाट समानुपातिक सूचीमा रहेका तीन जना उम्मेद्वार नै नेपाली कांग्रेसमा फर्किएका छन् । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) का समानुपातिक तर्फका उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निष्कृय पार्दै नेपाली कांग्रेसमा फर्किएका हुन् । उनीहरुले अब कांग्रेसका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने भएका छन् ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् उनीहरुले उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताएका हुन् । आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त लगायत प्राप्त उपलब्धीहरु गुम्न सक्ने र व्यवस्था विरोधीहरुलाई नै बल पुग्ने खतरा देखेपछि प्राविधिक रुपमा नमिले पनि राजनीतिक रुपमा उम्मेदवारी स्थगन गरेको उनीहरुले प्रष्ट पारे ।

अबको अभियान गठबन्धनबाट प्रत्यक्ष तर्फका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई विजयी गराउने रहेको उल्लेख गर्दै उनीहरुले सोही अनुसार अघि बढ्न आफ्ना समर्थक, शुभचिन्तक एवम् सबै मतदातालाइ अपिलसमेत गरेका छन् ।

पत्रकार सम्मेलनमा बानियाँले बल, घलान र लामा सो क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनीहरुको समर्थनले विकास चाहाने जनता र कांग्रेस कार्यकर्ता उत्साहित भएको बताए । बानियाँले उनीहरुलाई कांग्रेसमा पुनः स्वागत गर्दै समान अवसर दिइने बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, संघीय सभापति लोक मुक्तानलगायत कांग्रेस नेताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*