हेटौंडा उपमहानगर १८ को चुनावी सभामा डिना र छिन्तुको सम्बोधन

तामसालिङ खबर
२२ कार्तिक २०७९, मंगलवार २१:३०

कार्तिक, हेटौंडा – युवालाई स्वदेशमै रोजगार सुनिश्चितताको योजनासहित आफूले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले बताउनुभएको छ ।

मंगलबार हेटौंडा उपमहानगरपालिका १८ मा भएको चुनावी सभामा उहाँले हरेक दिन आफ्नो परिवार छोडेर बेदेशिनेको पीडा आफूले नजिकबाट महशुस गरेको उल्लेख गर्दै उनले स्वदेशमा युवाहरुलाई रोजगार सिर्जना गर्ने योजनासहित आफू प्रत्यक्ष निर्वाचनमा होमिएको बताउनुभयो ।

उपाध्यायले देशमा व्यवस्था परिवर्तनका क्रममा भएका हरेक आन्दोलन दबाउने, परिवर्तनकारी शक्तिलाई गोली हान्ने आदेश दिने व्यक्ति अहिले आफ्नो प्रतिष्पर्धी रहेको उल्लेख गर्दै उनिहरुलाई सहज रुपमा पराजित गर्न आफू सक्षम रहेको बताउनुभयो ।

उहाँले यसअघि आफू जलस्रोत राज्यमन्त्री हुँदा मकवानपुरको औद्योगिक क्षेत्रमा विद्युतको धेरै समस्यालाई निराकरण गरेको बताउँदै उनले अब यस क्षेत्रबाट निर्वाचित भएर मकवानपुरको भौतिक विकास, महिला, ज्येष्ठ नागरिक, बालबालिकाकोलागि महत्वपूर्ण कार्यहरु गरिने उल्लेख गर्नुभयो। अरु पार्टीबाट महिला उम्मेदवारसम्म नरहेको बताउँदै उहाँले भन्नुभयो, “सत्तारुढ गठबन्धनबाट मलाई प्रत्यक्ष निर्वाचनमा लड्ने अवसर प्राप्त भएको छ, आफ्नो अधिकार सुनिश्चितताकालागि सबै महिला दिदीबहिनीहरुले मलाई मत दिन अनुरोध गर्दछु ।”

यसैगरि, सभालाई संबोधन गर्दै मकवानपुर १ (क) प्रदेश सभाका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धी सहितको संविधानको रक्षा गर्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउने जिम्मेवारी लिनका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

आफू सांसद रहँदा मकवानपुरमा थुप्रै विकास निर्माणका कार्यहरुको थालनी गरिएको बताउँदै सो योजनाहरुलाई सफल रुपमा सम्पन्न गर्न पनि आफ्नो विजय आवश्यक रहेको बताउनुभयो । दुई तिहाई शक्तिलाई दुरुपयोग गर्ने, संसद भंग गर्ने, संविधान मास्न खोज्ने शक्तिलाई जनताले चिनिसकेकाले सत्तारुढ गठबन्धनको विजय सुनिश्चित रहेको उम्मेदवार छिन्तुले दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*