‘संविधानको रक्षा र विकासका लागि गठबन्धनलाई जिताऔं’ – कुमारी मोक्तान

राजकुमार केसी
२२ कार्तिक २०७९, मंगलवार २१:१४

कार्तिक, हेटौडा (इन्द्रसरोबर) – नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकारले गाउँ-गाउँ सम्म बजेट लगेर विकास गरेकाले जनताले जिताउने बताउनुभएको छ ।

ईन्द्रसरोबर गाउँपालिका ४, राकस खोलामा मंगलबार आयोजित चुनाबी कोणसभामा बोल्दै उहाँले गठबन्धन सरकारले जनमैत्री नीति, योजना र बजेट ल्याएकाले लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउनुको विकल्प नभएको दाबी गर्नुभयो ।

‘गठबन्धनको सरकार आएपछी कलंकीबाट हुमानेसम्म बाटो निर्माणको लागि १८ करोड, खानेपानीको लागि २५ लाख बजेट हालेका छौ ।’ उहाँले भन्नुभयो, ‘हेटौंडादेखि काठमाडौं जाने बाटोको लागि ३१ करोड बजेट गठबन्धनकै सरकारले हालेको हो ।’

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनुभएको उहाँले उक्त क्षेत्रमा आफुले बजेट विनियोजन गर्न पहल गरेकाले चुनाबमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘म दाबीको साथ भन्छु गठबन्धनको सरकार नभएको भए यहाँ यत्तिको बजेट आउने थिएन।’ उहाँले भन्नुभयो । उहाँले सबै धर्म, समुदाय र क्षेत्रलाई समान रुपमा हेरी बजेट हालेकाले अब कांग्रेस, माओवादी र समाजवादीकै गठबन्धन सरकार बन्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार रामचन्द्र बल, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्र बहादुर श्रेष्ठ, एकीकृत समाजवादीका मकवानपुर सहसचिव जीवन लामा, राक्सीराङ गाउँपालिका १ का निर्वतमान वडा अध्यक्ष जमान सिंह वाइवा लगायतले संविधानको पूर्ण कार्यान्वयन र विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको थियो ।

यसैबिच, लोकतान्त्रिक बाम गठबन्धनले ईन्द्रसरोबर गाउँपालिका ५, पौवामा पनि चुनाबी सभा आयोजना गरेको छ । कार्यक्रम नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धन अनुगमन समितिका जिल्ला संयोजक ललित बस्नेतको प्रमुख आतिथ्य तथा नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानको विशिष्ठ आतिथ्यतामा भएको थियो । कार्यक्रम नेपाली काँग्रेस ईन्द्रसरोबर गाउँपालिकाका सभापती विश्वलाल लामाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*