थाहा नगरमा गठबन्धनको बैठक सम्पन्न, आइतबार नगरस्तरीय अगुवा कार्यकर्ता भेला हुने

तामसालिङ खबर
४ कार्तिक २०७९, शुक्रबार १९:५०

कार्तिक, हेटौडा (थाहा नगर) – थाहा नगरमा सत्तारुढ गठबन्धन दलको बैठक सम्पन्न भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै यहि कार्तिक ६ गते पालुङ जेसिजको सभाहलमा थाहा नगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला हुने भएको छ।

गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउनको निम्ति थाहानगर स्तरीय कार्यकर्ता भेला गर्न लागिएको नेपाली कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीले बताउनु भयो ।

आइतबार हुने भेलामा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार एबम नेकपा एकीकृत समाजवादीको नेता बिरोध खतिवडा, प्रदेश २ (क) का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य कुमारी मोक्तान, प्रदेश २ (ख) का उम्मेदवार एबम नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया लगायत नेताहरुको बक्तब्य रहने नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोदकुमार लामाले बताउनु भयो।

बैठकमा नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोद कृष्ण जोशी ,माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा ,एकीकृत समाजवादीका नगर अध्यक्ष सानुकाजी गोपाली,राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष दिनेश बिष्ट ,माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,एकीकृत समाजवादीका जिल्ला समन्वय समिति सदस्य ईश्वर लाल रुम्बा,युवा संघ जिल्ला सदस्य शुदर्शन बिडारी ,लगायतका उपस्तिथि रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*