बाम लोकतान्त्रिक गठबन्धन अझै लामो समय सम्म रहनु पर्छ – कुमारी मोक्तान

तामसालिङ खबर
४ कार्तिक २०७९, शुक्रबार ०८:२७

कार्तिक, हेटौडा – नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य एबम मकवानपुर क्षेत्र नम्बर २ (क) का उम्मेदवार कुमारी मोक्तानले हालको गठबन्धन संविधानको कार्यन्वयन र रक्षाको लागि अझै लामो समयसम्म गठबन्धन हुन जरुरी रहेको बताउनुभयो ।

हेटौडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै मोक्तानले संविधानको कार्यन्वयन र रक्षाको लागि गठबन्धन अझै लामो समयसम्म गठबन्धन हुन जरुरी रहेको बताउनुभएको हो । गठबन्धन देशको लागि अहिले आबश्यकता भएकोले हामी शान्ती सम्झौता पश्चात बनेको सम्बन्ध हालसम्म आइपुग्दा सबै शक्तिहरु एकै ठाउँमा रहेको बताउनु भयो ।

संविधानको रक्षार्थ र संविधान कार्यान्वयनका निम्ति यो गठबन्धन अझै अगाडी बढ्ने बताउनुभयो । कार्यकर्ता भेलामा गठबन्धनका जिल्ला अगुवा नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*