सुन र चाँदीका असर्फी किन्न टक्सार विभागमा घुइँचो

तामसालिङ खबर
४ कार्तिक २०७९, शुक्रबार ०७:४९

कार्तिक, काठमाडौ – नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भिड लागेको छ।

तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि बिहीबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ। दश ग्राम असर्फीको मूल्य ८२ हजार ९०२, पाँच ग्राम असर्फीको मूल्य ४१ हजार ४५१ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार ७२६ रुपैयाँ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*