सत्ता गठबन्धनको जित सुनिश्चित भैसक्यो – इन्द्रबहादुर बानियाँ

तामसालिङ खबर
३ कार्तिक २०७९, बिहीबार १६:५६

कार्तिक, हेटौडा – नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा मकवानपुर निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धन दलका उम्मेदवारहरुको जित सुनिश्चित भैसकेको बताउनु भएको छ ।

बुधबार हेटौडामा आयोजित भेलालाई सम्बोधन गर्दै बाँनियाले सत्ता गठबन्धनको जित सुनिश्चित भैसकेको बताउनु भएको हो। माओवादीले काँग्रेसलाई, काँग्रेसले माओवादीलाई वा समाजवादीलाई भोट हाल्दैन कि भन्ने द्धविधा नरहेकोले एकअर्कालाई भोट हाल्दैन कि भन्ने शंका गरिरहनुनपर्ने बताएका छन ।

स्थानीय निर्वाचनमा केहि ठाँउमा ब्यवस्थापन गर्न नसक्दा वडा वडामा जितहार भएको उल्लेख गर्दै उनले भने- ‘स्थानीय निर्वाचनमा भएको कमिकमजोरीलाई सुधार गर्दै अगामी निर्वाचनमा गठबन्धन बलियो बनाउनुपर्छ । ‘

उनले मतको आधारमा जित्ने कुरा निश्चित रहेको बताए । प्रतिनिधि सभामा २४ हजार मतान्तर छ, प्रदेशका दुवै क्षेत्रमा १५ हजारभन्दा बढिको अन्तर छ, हाम्रो जित सुनिश्चित छ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*