पर्यटकिय गन्तब्य चिनाउन थाहा नगरको फोटो प्रदर्शनी हुँदै
कार्तिक, हेटौडा (थाहा नगर) – थाहानगरको सौन्दर्य र सभ्यतालाई प्रबर्द्धन गर्न काठमाडौमा फोटो प्रदर्शनी गरिने भएको छ । पर्यटन प्रबर्द्धन गर्ने हेतुका साथ नगरको सभ्यता, सस्कृति र जीवनशैली समेटीएका फोटो प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक ईन्द्र श्रेष्ठले बताए ।
थाहा नगरपालिकाको आयोजना र फरक सोच अभियानको संयोजनमा काठमाडौको बसन्तपुर दरबार स्क्वायर परिसरमा कार्तिक १८, १९ र २० गते थाहाकै फोटो पत्रकार गणेश विष्टद्धारा खिचिएका उत्तरी मकवानपुरको थाहा नगर र ईन्द्रसरोवर आसपासका प्राकृतिक, धार्मिक, ऐतिहाकि, साँस्कृतिक सम्पदा, कला संस्कृति र जिवनशैलीका फोटोहरुको प्रदर्शनी गरिने आयोजकले बताएको छ ।
काठमाडौमा हुने थाहा फोटो प्रदर्शनीमा थाहाका पर्यटकिय गन्तब्यहरुका बारेमा हेर्न र बुझ्न सकिने छ र थाहा घुम्न आउन प्रेरित पनि गर्ने छ ।
पर्यटनको प्रशस्तै सम्भाबना रहेको उत्तरी मकवानपुरको सम्पदा र सभ्यतालाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले यस क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने विश्वासका साथ फोटो प्रदर्शनी गर्न लागिएको थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले बताए ।
पछिल्लो समय संघिय राजधानी काठमाडौबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुदै गएको र यहाँ भएका पर्यटनका स्रोतहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानका संयोजक यादव जंग रायमाझीले बताए । प्रदर्शनीमा राख्न करिब १ सय ओटा फोटो तयार गरिएको र स्थान,रुची र आवश्यक्ता हेरी त्यसको ब्यबस्थापन गरिने आयोजकले जनाएको छ ।
को हुन फोटो पत्रकार विष्ट ?
थाहा नगरमा रहेर फोटो पत्रकारिता गर्ने विष्ट लामो समय देखि यस क्षेत्रका प्राकृतिक, धार्मिक,सास्कृतिक,सभ्यता लगाएतका फोटो खिच्दै आएका छन् । विष्टले खिचेका फोटोहरुको आधा दर्जन पुस्तक संग्रह प्रकाशन भईसकेका छन् भने केहि फोटो राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई उत्कृष्ट समेत भएका छन् ।
यो पनि पढ्नुहोस्