भाट-भटेनीको नक्कली अकाउन्ट बनाएर ठग्ने प्रयास

तामसालिङ खबर
३ कार्तिक २०७९, बिहीबार ०७:२०

कार्तिक, काठमाण्डौ – सामाजिक सञ्जालमा भाट-भटेनी सुपर मार्केटको नक्कली अकाउन्ट बनाएर ठग्ने प्रयास गरिएको छ । भाट भटेनीको नयाँ शाखा खोल्दा ५ हजारसम्म नगद पाउने भन्दै ठगी गर्ने समूहले प्रश्नोत्तर भर्न आग्रह गरेको सन्देश सामाजिक सञ्जालमा भाइरल छ ।

त्यस्ता मेसेज ‘झुटो हो, सचेत हुनुस्’ भनेर सो सुपरमार्केटले आफ्नो आधिकारिक वेभसाइटबाट सन्देश जारी गरेको छ । नक्कली आईडी बनाएर ठग्ने प्रयास भएको र त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको भाटभटेनी सुपर मार्केटका मेनेजर पानु पौडेलले बताए । उनले भने– ‘त्यसबारे अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अनुरोध गरेका छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*