मकवानपुरका सत्तारुढ गठबन्धनले बनायो, निर्वाचन परिचालनको लागि समिति

तामसालिङ खबर
२ कार्तिक २०७९, बुधबार ०७:०५

कार्तिक, हेटौडा – मकवानपुरको सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न समितिहरु निर्माण गरेको छ ।

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाको संयोजनमा बसेको भेलाले जिल्ला निर्वाचन परिचालन तथा समन्वय समिति, अपिल प्रकाशन समिति, अनुगमन समिति, वित्तिय व्यवस्थापन समिति र प्रचार प्रसारका लागी मिडिया डेस्क निर्माण गरेको छ ।

भेलाले नेपाली कांग्रेसका सभापति बुद्ध लामाको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्वय समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेसका प्रदिप कोइराला र इन्दिरा न्यौपाने, माओवादी केन्द्रका ओम घलान र लक्ष्मी माझी, नेकपा एकीकृत समाजवादीका राजाराम स्याङतान र मधु अधिकारी तथा जनमोर्चा नेपालका निरबहादुर त्रिसाल सदस्य रहेका छन् ।

भेलाले नेपाली कांग्रेसका जिल्ला सचिव भिमसेन महतको संयोजकत्वमा अपिल प्रकाशन समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा कांग्रेसका अर्जुन प्रसाद चौलागाई, माओवादी केन्द्रका भिम पाख्रिन र शंकर बानियाँ, एकीकृत समाजवादीका विष्णु दाहाल र कविन पन्त रहेका छन् ।

एकीकृत समाजवादीका ललित वस्नेतको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको छ । समितिको सदस्यहरुमा समाजवादीका सर्यूचन्द्र न्यौपाने, नेपाली कांग्रेसका रामचन्द्र अर्याल माइकल, विष्णु प्रसाद लामिछाने, आनन्द कठायत र ताराचन्द्र बजगाई, तथा माओवादीका ऋषीराम पोखरेल, रामहरी सुवेदी र भगिरथ नेपाल रहेका छन् ।

त्यस्तै, भेलाले माओवादी केन्द्रका प्रल्हाद लामिछानेको संयोजकत्वमा कांग्रेसका तारानाथ चौलागाई र माओवादीका गणेश कठायत सदस्य रहने गरि वित्तिय व्यवस्थापन समिति निर्माण गरेको छ । गठबन्धनले आफ्ना उम्मेदवारहरुको गतिविधि र चुनावी कार्यक्रमका समाचार सम्प्रेषग गर्न गठबन्धन दल निटक पत्रकार संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

जसका लागी गठबन्धनले नेपाल प्रेस युनियनका मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी कुमारको संयोजकत्वमा मिडिया डस्क स्थापना गर्ने निर्णय गरेको छ । डेक्सका सदस्यहरुमा प्रेस युनियनका रुपेश दुलाल, प्रेस सेन्टरका अञ्जली थापा र ध्रुबराज ढकाल, समाजवादी पत्रकार संगठनका रामकुमार एलन, शिवकुमार काशी र शिव चौलागाई सदस्य रहेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री एवं प्रतिनिधि सभाक्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य एवं प्रतनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, प्रदेश सभा क्षेत्र नम्बर १ को (क) का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तु, १ को (ख) का उम्मेदवार आनन्दराम पराजुली, प्रदेश सभा क्षेत्र नम्बर २ को (क) का उम्मेदवार कुमारी मोक्तान, (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँ एवं कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*