राक्सिराङमा माओवादीको नेतृत्वमा गठबन्धनको निर्वाचन परिचालन कमिटी

तामसालिङ खबर
२ कार्तिक २०७९, बुधबार ०८:४७

कार्तिक, हेटौडा (राक्सिराङ) – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन राक्सिराङ गाउँपालिका स्तरिय संयुक्त गठबन्धनको निर्वाचन परिचालन कमिटि निर्माण गरिएको छ ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका गाउँ कमिटि, वडा कमिटि, विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ता सदस्य रहने गरि निर्वाचन परिचालन कमिटि कमिटि निर्माण गरिएको हो ।

मंगलबार गठबन्धन दलका नेताहरुको बैठकले यस क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार नभएका नेकपा माओवादी केन्द्रलाई नै नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडा र नेपाली काँग्रेसका इन्द्र बानियाँ जिताउने अभियानको नेतृत्व दिएको हो ।

बैठकले नेपाली काँग्रेसको नेतृत्वमा आर्थिक ब्यवस्थापन समिति र नेकपा एकीकृत समाजवादीको नेतृत्वमा प्रचार-प्रसार समितिसमेत निर्माण गरेको छ । त्यस्तै ३ वटै दलको शिर्ष नेताहरुको सहभागीतामा अनुगमन समिति समेत निर्माण गरिएको छ । राक्सिराङमा सत्ता गठबन्धनले कार्तिक ३ गते संयुक्त चियापान तथा भेलासमेत राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*