बहुचर्चित सेलो ‘माया भन्दा ठुलो जात हैन’ गीतको भिडियो रिलिज

तामसालिङ खबर
१ कार्तिक २०७९, मंगलवार ११:२१

कार्तिक, काठमाडौं – अडियो गीतबाटै चर्चा कमाएको एक बर्षपछि तामाङ्ग सेलो ‘माया भन्दा ठुलो जात हैन’ बोलको भिडियो सोमबार रिलिज भएको छ ।

दर्शकले युट्युबमा अडियो नै लाखौ पटक हेरिसकेको गीत टिकटक सन्जाल तिर भाइरल भएको थियो । अहिले रिलिज भएको गीत यो समाचार तयार पार्दा सम्म १९ घण्टामा २३ हजार ७ सय १ पटक हेरिसकेका छन् भने २ सय १८ जनाले कमेन्ट गरेका छन् ।

गायक तथा संगीतकार विश्व दोङ र गायिका शशिकला मोक्तानको स्वरमा रहेको उक्त गीतको भिडियोमा पुर्णिमा थोकर, प्रिय लामा, सुशीला घलान, राम थिङ, सुरेन्द्र तामाङ र प्रेम थिङ लगायतका कलाकारहरुले अभिनय रहेको छ ।

गायक दोङको शब्द संगीत, फराज अर्पणको सम्पादन, बिक्रम तामाङको छायांकन रहेको भिडियोमा अविनाश मानन्धरले ड्रोन उडाएका छन्।

पर्यटकीय नगरी दोलखाको कालिन्चोकको मनोरम स्थान सहित दोलालघाट, श्रीकाली र सुन्दरीजल क्षेत्रमा छायांकन गरेको भिडियोलाई कोरियोग्राफर अभि लामाले निर्देशन गरेका छन् ।

विशेषगरी जातिय विभेदका कारण अपठ्यारोमा परेका युवा/युवतीहरुको मनोविज्ञानलाई मध्यनजर गरेर बनेको उक्त गीत गणेश अधिकारी र सोनी लुङ्गबा तामाङको वास्तविक जीवनमा आधारित रहेको भिडियोमा उल्लेख गरेको छ ।

गत असोज २८ गते सार्वजनिक गर्ने तयारी गरेको उक्त भिडियोमा अभिनित कलाकार सुशीला घलानको निधनको कारण सोमबार मात्रै सगु प्रोडोक्सन हाउसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*