मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार छ – मन्त्री मोक्तान

तामसालिङ खबर
३० आश्विन २०७९, आईतवार १८:०७

असोज, हेटौडा – बागमती प्रदेशकी सामाजिक विकास मन्त्री एबम् मकवानपुर क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा गठबन्धनको ५ वटै दलको उम्मेदवार भएको बताउनुभएको छ ।

आइतबार मकवानपुर गढीको शिखरकटेरीमा गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ५ वटै दलहरुको तर्फबाट उम्मेदवार बनेको कारण आफुहरु संयुक्त उम्मेदवार भएकोले कुनै क्षेत्रमा कुनै दलको उम्मेदवार हुनु नहुनु भन्दा पनि सबै क्षेत्रमा संयुक्त उम्मेदवार भएकोले ५ वटै दलको सबै क्षेत्रमा उम्मेदवार भएको बताउनुभयो ।

मंसिर ४ गतेको चुनावपछी बन्ने गठबन्धनको सरकारमा आफ्नो दलको उपस्थिती सम्झेर पनि मत हाल्नको लागि मोक्तानले अनुरोध गर्नुभयो । रगत संग साँटेर ल्याएको ब्यबस्थाको कारण परिबर्तन सम्भब भएको उहाँको भनाई छ । ब्यबस्था परिबर्तन भएको तर अब अबस्था परिबर्तनमा आफु लागिपर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*