प्रभु साह एमालेबाट निष्कासित, जिल्ला कमिटी नै विघटन

तामसालिङ खबर
२९ आश्विन २०७९, शनिबार ०५:१४

असोज, काठमाडौं – एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ ।

शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेका हुन् । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ ।

साथै, एमालेले मधेस प्रदेशको सह-इन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टीविरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।

एमालेले शुक्रबार मधेश प्रदेश कमिटीले रौतहट जिल्ला कमिटी विघटन गरेको हो । एमाले रौतहटका प्रभावशाली नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्ला कमिटी विघटन गरिएको हो । साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*