निर्वाचन आचारसंहिता बिपरित मनहरीका दुई शिक्षक राजनैतिक दलको प्रचारप्रसारमा ब्यस्त

तामसालिङ खबर
२५ आश्विन २०७९, मंगलवार २०:१०

असोज, हेटौंडा (मनहरी) – मकवानपुरको मनहरीका दुई शिक्षक निर्वाचन आचारसंहिता विपरीत राजनैतिक दलको प्रचारप्रसारमा समावेश भएको पाईएको छ ।

मनहरी गाउपालिका वडा नम्बर ३ मा रहेको महेन्द्र ज्योती माध्यामिक बिध्यालयका दुई शिक्षक सामाजिक सन्जाल फेसबुक मार्फत दलको प्रचार प्रसारमा लागेका हुन् ।

विद्यालयका प्रधानाध्यापक गोकुलप्रसाद शर्मा र सह-प्रधानाध्यापक विदुर थापा सो कार्यमा संलग्न भएको पाईएको छ ।

निर्वाचन आचारसंहितामा कुनै पनि शिक्षकले राजनितीक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार-प्रसार गर्न नहुने र सामाजिक सञ्जालमा कुनै सन्देश, सुचना, प्रचारप्रसार सामाग्री पोष्ट शेयर गर्न नहुने भनी उल्लेख गरीएको छ । तर विद्यालयका प्रधानाध्यापक शर्माले नेकपा एमालेका सुर्य चिन्हबाट मनोनयन दर्ता गर्ने उम्मेदवारहरुलाई शुभकामना दिएका थिए भने प्रतिनिधि सभा निर्वाचनको मकवानपुर क्षेत्र नं २ बाट नेकपा एमालेबाट उम्मेदवार बनेका महेश बर्तौलालाई विजयको अग्रिम शुभकामना दिएका छन् ।

यस्तै, सह-प्रधानाध्यापक विदुर थापाले मिनेन्द्र रिजाल र डा. स्वर्णीम वाग्लेलाई टिकट नदिएको भन्दै नेपाली कांग्रेशलाई सुझाव सहितको पत्र सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

टिकटका लागि ठेकेदार, गुण्डा, भ्रष्टचारीहरुलाई पार्टिले रोजेको र ईमान्दार एवं अनुशासीत नेताहरुलाई पाखा लगाईएको भन्दै चर्को असन्तुष्टि पोखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*