मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

तामसालिङ खबर
१६ आश्विन २०७९, आईतवार ०६:५३

असोज, हेटौडा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

उक्त कार्यालय हेटौंडा उपमहानगरपालिका वडा नम्वर – २ स्थित जिल्ला विकास समिति (साविकको) भवनमा शनिबार स्थापना गरिएको हो । उक्त निर्वाचनको लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलालाई मुख्य निर्वाचन अधिकृत र न्यायाधीश मुकुन्दहरि पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, क्षेत्र नम्बर-२ का निर्वाचन अधिकृत मुकुन्दहरि पौडेल, निर्वाचन आयोग बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेल सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु एवम् विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मकवानपुर जिल्लामा प्रतिनिधि सभाको दुई वटा र प्रदेश सभाका चार वटा निर्वाचन क्षेत्र रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*